नियम १२६
अनियमितता सम्बन्धमा निर्णय गर्नु पर्ने
जिम्मेवार व्यक्तिले आफूले गरेको आर्थिक कारोबार सम्बन्धमा कुनै काममा अनियमितता भएको देखेमा त्यस्तो अनियमिततालाई नियमित गर्न त्यस्तो कारोबार भएको पन्ध्र दिनभित्र कारण खुलाई ऐनको दफा ५२ को उपदफा (३) बमोजिम अधिकारप्राप्त अधिकारीसमक्ष पेश गरेमा अधिकारप्राप्त अधिकारीले आफूसमक्ष पेश भएको सात दिनभित्र आवश्यक निर्णय दिनु पर्नेछ।